Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (सोमबार) विभागीय टिम एपीएफ र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजे हुने खेलमा दुवै टोलीले लिगको आफ्नो अन्तिम खेल खेल्नेछन् ।

ठुलो क्लबलाई पछाडी पार्दै उपविजेता बनेको संकटाले अन्तिम खेललाई सेलिब्रेशन गेमको रुपमा लिनेछ । औषत टोली बनाएर लिगमा प्राप्त गरेको सफलताले संकटा आफैपनि दंग छ ।

विभागीय टिम पुलिसलाई पछाडी पार्दै टप फाईभमा पर्न सफल एपीएफले समेत जित सहित लिगको सुखद अन्त्य गर्न चाहन्छ ।

सुरुवातबाटै गोलको खडेरी ब्यहोर्दै आएको एपीएफले अन्तिम समयमा उत्कृष्ट खेल प्रर्दशन गर्दै लिगको शीर्ष पाँचमा आफुलाई अटाउन सफल भएको थियो ।

दोस्रो स्थानको संकटाको २८ अंक छ । एपीएफ २० अंक सहित पाँचौ स्थानमा छ ।

तपाईको प्रतिक्रिया