Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं –  स्पेनिस लिग फुटबलमा रियाल मड्रिड पराजित भएको छ । गएराति भएको खेलमा रियाल मड्रिडलाई रियाल सोसिडाडले २–० ले हराएको हो ।

हारपछि अंक तालिकाको पाँचौ स्थानमा झरेको रियाल मड्रिड शीर्ष स्थानको बार्सिलोनासँग १० अंकले पछि परेको छ ।

शीर्ष स्थानको बार्सिलोनाले गएराति गेटाफेलाई उसैको मैदानमा २–१ ले पाखा लगायो ।

ला–लिगा फुटबलका अन्य खेलमा सेभिया र एथ्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेल्दा भियारियालले आईबारसँग गोलरहित बराबरी खेलेको छ ।

गएरातिका खेलपछि अंक तालिकामा १८ खेलबाट ४० अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ ।

समान खेलबाट ३५ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो, ३३ अंक जोडेको सेभिया तेस्रो, ३१ अंकसहित डेपोर्टिभो आलाभेज चौथो तथा ३० अंकका साथ रियाल मड्रिड पाँचौ स्थानमा छ ।

तपाईको प्रतिक्रिया