Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा डेब्यु गरिरहेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले २ विकेट लिएका छन् ।

सिलेट सिक्सर्समा आवद्ध सन्दीपले कोमीला भिक्टोरियन्सविरुद्धको खेलको १३औं ओभरमो अन्तिम बलमा सोहेब मल्लिकलाई आउट गर्दै विकेटको खाता खोलेका थिए । यस्तै उनले व्यक्तिगत चौथो ओभरको दोस्रो बलमा अनमुल हकलाई बोल्ड गर्दै बीपीएलमा पनि उत्कृष्ट डेब्यू गरे ।

उनले लिगमा ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर २ विकेट लिएका हुन् । खेलमा सन्दीपको टिम सिक्सर्सले टस हारेर पहिले ब्याटिङ गर्दै १२८ रनको लक्ष्य दिएको थियो ।

तपाईको प्रतिक्रिया