Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि लिगको अन्तिम चरणका खेल सुरु हुँदैछन् ।

१४ टिम सहभागी प्रतियोगिता असोज १३ गतेदेखि सुरु भएको थियो । अहिलेसम्म १२ औँ चरणका खेल सकिएका छन् । ११ औँ चरणको खेलबाट ए डिभिजन लिगको उपाधि मनाङ  मर्स्याङ्दी क्लबले जिते पनि १२ औँ चरणको नतिजाले संकटा क्लब उपविजेता बनेको थियो ।

आजदेखि सुरु हुने १३ औँ चरणको नतिजाले तालिकाको तेस्रोदेखि पाँचौँसम्मको छिनोफानो  लगाउने छ ।

आजका दुवै खेल  एपीएफ मैदान हलचोकमा सञ्चालन हुनेछ । बिहान ११ बजे जावलाखेल युथ क्लब र च्यासल युथ क्लब प्रतिस्पर्धा गर्दैछन् । जारी लिगमा च्यासल आठौँ स्थानमा छ भने जावलाखेल दशौँ स्थानमा रहेको छ ।

यस्तै दिउँसो साढे २ बजे नेपाल पुलिस क्लब र सरस्वती युवा क्लब प्रतिस्पर्धा गर्दैछन् । छैटौँ स्थानमा रहेको पुलिस विजयी भए पाँचौँ स्थानमा उक्लने छ भने नवौँ स्थानको सरस्वती  विजयी भए आठौँ स्थानमा पुग्नेछ ।

तपाईको प्रतिक्रिया