Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेट प्रतियोगिताको मिति एकसाता पछि सरेको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले आज विज्ञप्ति जारी गर्दै सोही मितिमा नेपाल र यूएइबीच एक दिवसीय क्रिकेट सिरिज हुने भएकाले प्रतियोगिता एक हप्तापछि सारिएको जनाएको छ ।

नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि दोस्रो पटक एक दिवसीय खेल खेल्न लागेको हो । यसअघि नेपालले एक दिवसीय मान्यता पाएपछि गत साउनमा नेदरल्याण्ड्ससँग पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो । नयाँ मितिअनुसार डिपिएल माघ २६ देखि शुरु भई फागुन ११ गतेसम्म आयोजना हुने आयोजकले उल्लेख गरेको छ । यसअघि आयोजकले माघ १९ देखि फागुन ४ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको थियो ।

यस्तै आयोजकले डिपिएलका लागि खेलाडी दर्ताको समयसीमा पनि एक हप्ता बढाएको छ । खेलाडी दर्ता यही पुस १७ गतेसम्मका लागि राखिएको छ । यसअघि खेलाडी दर्ताको समय यही पुस १२ गतेसम्मका लागि तय गरिएको थियो । प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा छ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् ।

सहभागी टोलीमा चौराहा धनगढी, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किङ्स रहेका छन् । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सबै टोलीमा दुई-दुई विदेशी खेलाडी अनिवार्य गरिएको छ ।

तपाईको प्रतिक्रिया