Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – नेपाली क्रिकेट विवाद समाधानका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले गठन गरेको स्वतन्त्र कमिटीले समय तालिकामा हस्ताक्षर नगर्दा मुद्दा फिर्ताको प्रक्रिया अवरुद्ध भएको छ ।

काठमाडौंमा गत महिना बसेको स्वतन्त्र समितिको बैठकले डिसेम्बर १५ सम्ममा माईन्युटमा हस्ताक्षर गरी बाँकी प्रक्रिया अघि बढाउने सहमति गरेको थियो ।

सबै केन्द्रिय समितिको निर्वाचनसँगै जिल्लामा देखिएको विवाद समाधानको तालिकासहित बैठकको निर्णयमा हस्ताक्षर हुन बाँकी रहेपछि कमिटी आफैले बनाएको समय सीमा प्रभावित बनेको हो ।

निर्वाचित क्यानका अध्यक्ष चतुर बहादुर चन्दले टाईमलाईनमा हस्ताक्षर हुनासाथ अदालतमा रहेको मुद्दा फिर्ता हुने बताउनुभयो । बिचाराधिन मुद्धा फिर्ता, बिवादित जिल्लामा निर्वाचन र केन्द्रिय समितिको निर्वाचन पछि नेपाल क्रिकेट संघ क्यानका सम्पुर्ण विवाद सकिनेछन् ।

स्वतन्त्र समितीले अप्रिल तेस्रो साताभित्र बाँकी रहेका सबै प्रक्रिया पुरा गर्ने गरी कार्यतालिका अघि सारेको थियो । यद्यपी त्यसमा समितीले नै ढिलाई गरेको क्यान पदाधिकारीहरुको आरोप छ ।

डिसेम्बर १५ मा टाईमलाईनमा हस्ताक्षर गरिसक्ने भनिएपनि आजसम्म त्यसको औपचारिक जानकारी नआएकाले मुद्दा फिर्ता हुन नसकेको चन्दले बताउनुभयो ।

स्वतन्त्र समितीले भने बैठकका निर्णय सदस्यहरुमा सर्कुलर भइसकेकाले आज भोलिमै हस्ताक्षर हुने जनाएको छ । ५ सदस्यीय स्वतन्त्र समितीमा आईसीसीका ३ र क्यान र राखेपका एक–एक जना सदस्य छन् ।

तपाईको प्रतिक्रिया