Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – अस्ट्रेलियाको विग ब्यास लिगमा सानदार डेब्यू गरेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आज पनि आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेका छन् । उनले आज तीन विकेट लिइसकेका छन् ।

पहिलो ओभरमै विकेट लिन सफल भएका उनले त्यसपछि २ विकेट लिएका हुन् । मेलबर्न स्टार्सका लागि पावर प्ले पछिको पहिलो ओभरको तेस्रो बलमा लामिछानेले विकेट लिन सफल भएका हुन्। सन्दिपले सातौ ओभरमा ५ रन खर्चिएर १ विकेट लिएका हुन् ।

यस्तो आफ्नो दोस्रो ओभरमा सन्दीपले एक चौकासहित ७ रन खर्चिए । यस्तै आफ्नो व्यक्तिगत तेस्रो ओभर लिएर आएका लामिछानेले १४औं ओभरको दोस्रो बलमा कप्तान म्याथ्यु वाडको विकेट लिए । ५३ रन बनाएर खेलिरहेका म्याथुलाई क्याच आउट गराए । उनले यो ओभरमा एक छक्कासहित ८ रन खर्चिए ।

लामिछानेको टोली मेलबर्न स्टार्सले होबार्ट हुरिकेन्ससामु १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको मेलबर्नले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रन जोडेको हो ।

तपाईको प्रतिक्रिया