Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – बिग ब्याश लिग अन्तर्गत साेमबार नेपाली युवा स्पीनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स होबर्ट हुरिकेनसँग खेल्दैछ । पहिलो खेलमा हार ब्यहोरेको मेलबर्न तालिकाको पुछारमा छ ।

होबर्टमा हुने यो खेल नेपाली समय अनुसार बिहान साढे १० बजे सुरु हुनेछ । पहिलो खेलमा वर्षा भएपछि डकवर्थ लुइस नियममा १५ रनको पराजय भोगेको मेलबर्न पहिलो जितको खोजीमा हुनेछ ।

हुरिकेनले भने पहिलो खेलमा ब्रिसबेन हिटमाथि जित निकालेको थियो । पहिलो खेलमा दुई विकेट लिएका लेग स्पीनर सन्दीप लामिछानेको दोस्रो खेलमा पनि महत्वपूर्ण भूमिका रहनेछ ।

तपाईको प्रतिक्रिया