Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलको उपाधि भिडन्त आज हुदैछ । उपाधिका ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडीएटर्स प्रतिस्पर्धामा उत्रनेछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे, तेस्रो संस्करणको फाइनल खेल सुरु हुनेछ । पहिलो क्बालिफायरमा काठमाडौं किंग्स एलेभनलाई हराएर ललितपुरले उपाधि यात्रा तय गरेको हो ।

भैरहवाले प्लेअपफमा चितवन टाईगर्स र दोस्रो क्वालिफायरमा काठमाडौंको चुनौती समाप्त पार्दै फाइनलमा स्थान बनाएको हो । जारी लिगमा सफल देखिएका बिदेशी खेलाडी रबिईन्दर सिंह, रायन टेन डोस्काटे, महम्मद नाभेद लगायतको साथ पाएको भैरहवा, आरिफ शेख, रोहितकुमार पौडेल, कौशल मल्लजस्ता युवा जोशले भरिएको छ ।

सन्नी पटेल, जयकिशन कोल्सावाला र गौरव तोमार जस्ता बिष्फोटक ब्याट्सम्यानले भरिएको ललितपुर बलिङमा पनि बलियो देखिएको छ । ललित राजवंशी, सूर्य तामाङ, रासिद खान, पवन सर्राफ जस्ता बलरको साथले उसको उपाधि होड थप बलियो बनेको छ ।

ईपीएलको उपाधि विजेताले २५ र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछ । पुरस्कार रकम अघिल्लो बर्षको भन्दा ४ लाखले बढी हो ।

तपाईको प्रतिक्रिया