Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडले व्यवस्थापक जोसे माउरिन्होलाई बर्खास्त गरेको छ । माउरिन्होको प्रशिक्षणमा क्लबले निरन्तर खराब प्रदर्शन गरेको भन्दै युनाइटेडले अाज उनलाई बर्खास्त गरेको हो ।

युनाइटेडले ६६ शब्दको स्टेटमेन्ट जारी गर्दै माउरिन्होले क्लब छाडेको जनाएको हो । ५५ वर्षीय पोर्चुगिज माउरिन्होल सन् २०१६ मे मा युनाइटेडको व्यवस्थापक नियुक्त भएका थिए । त्यसयता उनले क्लबलाई लिग कप र युरोपा लिगको उपाधि जिताएपनि प्रिमियर लिगको उपाधि जिताउन सकेनन् ।

यस सिजन युनाइटेड लिग लिडर लिभरपुल भन्दा १९ अंकले पछाडि छ र अंकतालिकामा छैटौँ स्थानमा छ । माउरिन्होको समयमा क्लबले चार सय मिलियन पाउण्ड खर्च गर्दै ११ खेलाडी भित्र्याएपनि नतिजा दिन नसकेकपछि क्लबले परिवर्तन चाहेको हो । प्रिमियर लिगको पछिल्लो खेलमा युनाइटेड लिभरपुलसँग ३-१ ले पराजित भएको थियो ।

माउरिन्होलाई बर्खास्त गर्ने निर्णयपछि क्लबले उनलाई १८ मिलियन भन्दा बढी रकम दिने भएको छ । यस्तै युनाइटेडले यस सिजनको अन्त्यसम्मको लागि नयाँ कार्यवाहक प्रशिक्षक नियुक्त गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया