Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – संकटा क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । हलचोकस्थित एपिएफको मैदानमा सोमबार भएको खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरमा हराउँदै शीर्ष स्थानमा रहेको मनाङसँग अंक बराबर गरेको छ ।

संकटाले ९ खेलबाट २४ अंक जोडेको छ । संकटा भन्दा शीर्ष स्थानको मनाङले एक खेल कम खेल्दै समान अंक जोडेको छ । यद्यपी ऊ गोल अन्तरमा अगाडि छ । जितसँगै संकटाले उपाधि होडमा आफूलाई कायमै राखेको छ ।

आजै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लबले न्युरोड टिम एनआरटीलाई हराउँदै लिगको छैठौं स्थानमा उक्लिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा हिमालयन शेर्पाले एनआरटीलाई १-० गोल अन्तरले हराएको हो । हिमालयन शेर्पाको जितमा विश्वास श्रेष्ठले पहिलो हाफको अन्तिम मिनेटमा बिजयी गोल गरे ।

जितसँगै हिमालयन शेर्पाले ९ खेलबाट १४ अंक जोडेको छ । पुलिससँग समान अंक भएपनि गोल अन्तरका आधारमा शेर्पा क्लब पछाडि परेको हो । यता एनआरटीले नवौ चरणको खेलसम्म एक जित पनि निकाल्न सकेको छैन । एक अंक जोडेको एनआरटी तालिकाको पुछारमा छ ।

यस्तै एन्फा टेक्निकल सेन्टरमा भएको दोस्रो खेलमा सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । एन्फा टेक्निकल सेन्टरमा सोमबार भएको दोस्रो खेलमा सरस्वती र जावलाखेलले गोलरहित बराबरी खेलेका हुन् ।

खेल अवधिभर दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल गर्न भने सकेनन् । बराबरीपछि जावलाखेल ८ अंक जोड्दै दशौं स्थानमा छ भने  सरस्वती १० अंक सहित नवौँ स्थानमा छ ।

तपाईको प्रतिक्रिया