Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलमा आज समुह चरणको अन्तिम खेल हुँदैछ ।

यसअघि नै प्लेअफमा स्थान बनाइसकेको काठमाण्डौ किंग्स एलाभेन र प्लेअफमा पुग्न संर्घषरत विराटनगर वारियर्स आमने सामने हुनेछन् । प्रतिस्पर्धा किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।

काठमाण्डौ चौथो जितसंगै क्वालिफायरमा पुग्ने लक्ष्यमा रहँदा बिराटनगर भने तेस्रो जितसँगै प्ले अफ चरणमा स्थान बनाउने योजनामा छ । काठमाण्डौको जितले चितवन टाईगर्सलाई फाइदा पुग्नेछ ।

समान अंक भएका विराटनगर र चितवन नेटरनरेटमा क्रमश चौथो र पाँचौ स्थानमा छन् । आजको खेलपछि क्वालिफायर र प्लेअफ खेल्ने सबै टोलीको टुंगो लाग्नेछ ।

हिजो भएको खेलमा भैरहवालाई हराएर ललितपुर प्याट्रियसले क्वालिफायरमा स्थान बनाइसकेको छ ।

तपाईको प्रतिक्रिया