Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – इङ्गलिश प्रिमियर लिग फुटबलमा लिभरपूलले म्यानचेस्टर यूनाइटेडलाई ३–१ ले हराएको छ ।

आफ्नै मैदान एन्फील्डमा गएराती भएको खेलमा लिभरपूललाई विजयी गराउन खेर्दान शाकिरीले दुई गोल गर्दा सादियो मानेले एक गोल गरे ।

पराजित टोली म्यान्चेस्टर युनाइटेडका जेस्सी लिङ्गार्डले एक गोल फर्काए । प्रियिमर लिग फुटबलकै अर्को खेलमा चेल्सीले ब्राइटनलाई २–१ ले हराएको छ ।

चेल्सीका लागि पेड्रो र एडिन हाजार्डले एक–एक गोल गरे । ब्राइटनका सोली मार्चले एक गोल फर्काए । गएरातीको खेलमा आर्सनल भने पराजित भएको छ । आर्सनललाई साउथह्याम्पटनले ३–२ ले हराएको हो ।

घरेलु मैदानमा साउथह्याम्पटनलाई विजयी गराउन ड्यानी इंग्सले २ तथा चार्ली अष्टीनले एक गोल गरे । आर्सनलका लागि दुबै गोल हेन्रीक मख्तरीयानले गरे ।

गएरातीका खेलहरुपछि इंगलिश प्रिमियर लिग फुटबलमो अंक तालिकामा १७ खेलबाट ४५ अंक जोडेको लिभरपूल शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ४४ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ भने तेस्रो स्थानको टोटनह्यामको ३९ अंक छ ।

३७ अंकसहित चेल्सी चौथो तथा ३४ अंक जोडेको आर्सनल पाँचौ स्थानमा छ ।

तपाईको प्रतिक्रिया