Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – विराटनगरका लागि हङकङका खेलाडी बाबर हायातले प्रहार गरेको छक्काको बल लागेर आयोजक इपिएलका प्रवन्ध निर्देशक आमिर अख्तरको गाडीको सिसा फुटेको छ । चितवनले दिएको १९७ रनको बिशाल लक्ष्य पछ्याइरहेको विराटनगरका लागि तेस्रो क्रममा आएका हायातले प्रहार गरेको छक्काबाट अख्तरको गाडीको सिसा फुटेको हो ।

खेलमा भने चितवन टाइगर्सले विराटनगरलाई ५ रनले हराएको छ । प्रतियोगितामा चितवनको पहिलो जित हो । टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा चार विकेट गुमाउदै एक सय ९६ रन बनायो ।

जवाफमा राम्रो सुरुवात गरेको बिराटनगर २० ओभरमा ८ विकेट गुमाउदा एक सय ९१ रनमात्र बनाउन सक्यो । ३३ रनमा पहिलो विकेट गुमाएको विराटनगरका ओपनर पारस खड्का १९ रनमा आउट भए भने अनिल शाह व्यक्तिगत १२ रनमा पेभेलियन फर्किए । तेस्रो विकेटका लागि बाबर हायात र आसिफ शेखले ८३ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याए । आसिफले ३० रन बनाए भने बाबर हायात व्यक्तिगत ९० रनमा आउट भए ।

उनले ४२ बलमा ५ चौका र ८ छक्का प्रहार गरे । अन्तिममा करणले २४ रन बनाए पनि टिमलाई हारबाट बचाउन सकेनन । बलिङमा ललित भण्डारीले चार तथा सागर ढकालले तीन विकेट लिए ।

तपाईको प्रतिक्रिया