Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – च्याम्पियन्स लिगमा मंगलबार राति आठ खेल हुँदैछन् ।

इंग्लिस क्लब टोटनह्याम बार्सिलोनाको मैदानमा खेल्दैछ । समूह बीबाट बार्सिलोना नकआउट चरणमा पुगिसकेको छ । तर टोटनह्यामको संघर्ष भने जारी छ ।

खेलको पाँच खेलमा उसले दुई जित, दुई हार र एक बराबरीको नतिजा निकालेको छ । यस्तै नतिजा इटालियन क्लब इन्टर मिलानको पनि छ । यी दुईमध्ये एक टोली नकआउट चरणमा पुग्नेछ ।

आफ्नै मैदानमा मिलानले अन्तिम खेलमा सहज प्रतिद्वन्द्वीका रुपमा डच क्लब पीएसभीसँग खेल्नेछ । समूह सीमा सबै टिमले पाँच–पाँच खेल खेल्दा नकआउट चरणमा पुग्न टिमको टुंगो लाग्न सकेको छैन । इटालियन क्लब नेपोली नौ अंक सहित शीर्ष स्थानमा छ ।

नेपोली मंगलबार लिभरपुलको मैदान एन्फिल्डमा खेल्दैछ । नकआउट चरणमा पुग्नका लागि लिभरपुललाई जित अनिवार्य छ भने नेपोलीलाई बराबरी पर्याप्त हुनेछ । यसै समूहमा फ्रेन्च क्लब पीएसजी बेल्जियमको रेड स्टार बेल्ग्रेडसँग खेल्नेछ ।

पीएसजीलाई पनि जित आवस्यक हुनेछ । तर नेपोलीले लिभरपुललाई हराएमा हारले पनि पीएसजी नकआउट चरणमा पुग्नेछ ।

तपाईको प्रतिक्रिया