Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – आक्रामक सुरुवात गरे पनि पुछारका खेलाडी एकपछि अर्को रुपमा आउट हुँदा चितवन टाइगर्सले एभेरेष्ट प्रिमियर लिग क्रिकेट लिगमा काठमाडौं किङ्सले चितवन टाइगर्सबाट एक सय ६१ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवन १९ ओभरमा एक सय ६० रनमा अलआउट भयो । पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरेको चितवनका पउल स्ट्रलिङले ३४ रन बनाए । चितवनको स्कोर ६९ रन हुँदा तेस्रो विकेट झर्यो । सन्दीप सुनारलाई २५ रनमा आउट भए ।

चौथो विकेटका लागि जर्ज स्कट र दिपेन्द्र ऐरी विच ४० रनको साझेदारी गरेका थिए । तर स्कट १५ रनमा आउट भएपछि चितवनले एक सय नौ रनमा चौथो विकेट खेर फाल्यो । पुछारका खेलाडी एकपछि अर्को रुपमा आउट भएपछि चितवन पुरै ओभर नखेल्दै अलआउट भयो ।

उसले पछिल्लो ६ विकेट मात्र ५१ रन जोड्दा गुमायो । चितवनका लागि कप्तान पृथु बास्कोटाले अविजीत २० रन बनाए । बलिङतर्फ प्रदीप साहुले दुई तथा संसद शेखले दुई तथा सागर पुन र केभिन ओब्राइनले एक एक विकेट लिए ।

तपाईको प्रतिक्रिया