Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – जावलाखेल युथ क्लबलाई हराउँदै थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।

दुई ललितपुरे प्रतिद्वन्द्वीबीचको आइतबारको खेलमा थ्रीस्टार २–० ले विजयी भयो ।

थ्रीस्टारका लागि दुवै गोल रन्जित धिमालले गरे ।

च्यासलले फ्रेन्ड्सलाई हरायो

आइतबारै भएको अर्को खेलमा च्यासल युथ क्लबले फ्रेन्ड्स क्लबलाई ३–१ ले पराजित गर्‍यो ।

हलचोक मैदानमा भएको खेलमा च्यासलका लागि सन्तबहादुर तामाङ, देवेन्द्र तामाङ र हेमन्त थापामगरले १/१ गोल गरे । पराजित टोली फ्रेन्ड्सका विकास लामाले १ गोल फर्काए ।

सशस्त्रद्वारा सरस्वती पराजित

‘ए’ डिभिजन लिगअन्तर्गत् आइतबारै भएको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ टिमले सरस्वती युथ क्लबलाई ३–० ले पराजित गर्‍यो ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा सशस्त्रका लागि रुपबहादुर लामाले दुई तथा युवराज खड्काले एक गोल गरे ।

थ्रीस्टारको ७ खेलबाट १८ अंक

यी खेलहरुपछि ‘ए’ डिभिजन लिग फुटबलको अंकतालिकामा थ्रीस्टार क्लब शीर्ष स्थानमा उक्लिएको छ । ७ खेलबाट उसको १८ अंक भएको छ ।

६ खेलबाट १८ अंक जोडेको मनाङ–मर्स्याङ्दी क्लब गोलअन्तरका आधारमा दोस्रो स्थानमा झर्दा तेस्रो स्थानको संकटा क्लबको पनि १८ अंक नै छ ।

तपाईको प्रतिक्रिया