Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं  – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ टिमले सरस्वती युथ क्लबलाई पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एपिएफ ३–० ले विजयी भयो ।

एपीएफका लागि रुप बहादुर लामाले दुई तथा युवराज खड्काले एक गोल गरे । जितसँगै एपिएफ टिम ७ खेलबाट १० अंक जोड्दै अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ ।

आजै सातदोवाटोमा हुने दोस्रो खेलमा दुई ललितपुरे प्रतिद्वन्द्वीहरु थ्री–स्टार क्लब र जावलाखेल युथ क्लब भिड्नेछन् ।

हलचोक मैदानमा हुने खेलमा च्यासल युथ क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । लिगमा सातौं चरणका खेल चलिरहँदा मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा छ ।

उसले ६ खेलबाट १८ अंक जोडेको छ । एक खेल बढी खेलेको संकटा क्लबले समान १८ अंह जोडे पनि गोलअन्तरको आधारमा दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया