Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – करण केसीको उत्कृष्ट ब्याटिङसँगै बिराटनगर बारियर्सले एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियर्समाथि रोमाञ्चक जित हात पारेको छ । टियु क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा बिराटनगरले ३ विकेटको रोमाञ्चक जित निकालेको हो ।

१०५ रनको सामान्य चुनौती पछ्याएको विराटनगरले ५० रन जोड्दा ६ विकेट गुमाइसकेको थियो । ललितपुरका बलरहरु हावी भएको खेलको १६ औं ओभर बिराटनगरका लागि महत्वपूर्ण रहृयो । रशिद खानले बलिङ गरेको यो ओभरमा करण केसीले एक चौका र एक छक्का हाने । यो ओभरमा मात्र बिराटनगरले १७ रन थप्यो । १७ औं ओभरमा सन्दिप लामिछानेले विकेट लिँदै ललितपुरलाई खेलमा फर्काउने प्रयास गरेका थिए तर, १८ औं ओभरको अन्तिम बलमा रशिदलाई छक्का हानेका करणले अर्को ओभरको पहिलो बलमा सन्नी पटेललाई पछि छक्का हाने ।

अन्तिम ओभरमा बिराटनगरलाई १० रन चाहियो । ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले योगेन्द्र सिंह कार्कीलाई बल थमाए । पहिलेा बलमा २ रन दिएका उनको दोस्रो बलमा करणले नै छक्का हानेपछि खेल बिराटनगरको पक्षमा गयो । उसले अन्तिम बल खेल्नु अघि ७ विकेट गुमाएर खेल जित्यो । १९ बलको सामना गरेका करणले तीन छक्का र एक चौकाको मदतमा अविजित ३६ रन बनाए । विराटनगरले सुरुवात भने ठीकै थियो । ओपनिङमा आएका थिए अनिल कुमार शाह र आशिफ शेख । पहिलो विकेटको रुपमा विराटनगरले १९ रन बनाउँदा ओपनर आशिफ शेखलाई ११ रन गुमायो ।

एक छक्का प्रहार गर्दै आक्रमक खेल खेल्ने मुड बनाएका आशिफको विकेट सन्दीप लामिछानेले लिएका थिए । ३२ रन हुँदा दोस्रो विकेटको रुपमा कप्तान पारस खड्का गौरभ टमोरको बलमा आउट भएसँगै विराटनगर दबावमा आएको थियो । एकपछि अर्को विकेट पटन हुदै गरेको विराटनगरका लागि कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । अनिलले १९ रन बनाए भने स्मिथ पटेल एक रनमा आउट हुँदा रोल्फ भानडेर मार्वेले शुन्यमै रनआउट हुन पुगे । १०५ रनको सामान्य चुनौती विराटनगरलाई मुस्किल पर्दै जाँदा करणले बिराटनगरलाई खेलमा फर्काए ।

ललितपुरका लागि गौरभ टोमरले ३ विकेट लिए । उनले चार ओभर बलिङ गर्दै १० रन खर्चेर तीन विकेट लिएका थिए । सन्दीप लामिछानेले दुई विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेटको क्षतिमा १०४ रन बनाएको थियो । खराब सुरुवात गरेको ललितपुरले ३९ रन जोड्दा महत्वपूर्ण ४ विकेट गुमाइसकेको थियो । तर, कप्तान ज्ञानेन्द्र मल्ल र सन्नी पटेलले पाँचौं विकेटका लागि ३४ रनको साझेदारी गरे । पटेल व्यक्तिगत २० रनमा आउट भए । मल्ल मात्र एक रनले अर्धशतक बनाउन चुके । विराटनगरका लागि करण केसी र रोल्फ भानडेर मार्वेले समान २-२ विकेट लिए ।

तपाईको प्रतिक्रिया