Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – अर्जेन्टिनालाई हराउँदै फ्रान्स भारतमा जारी हक्की विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ओडिसामा हिजो बेलुकी भएको खेलमा फ्रान्सले ओलम्पिक हक्की च्याम्पियन अर्जेन्टिनालाई ५–३ ले हरायो ।

यही समूहको अर्को खेलमा स्पेन र न्यूजिल्याण्डले २–२ गोलको बराबरी खेले । गएरातीका खेलपछि हक्की विश्वकपको समूह ए का खेल सकिएका छन् । समूह ए मा तीन खेलबाट ६ अंक जोडेको अर्जेन्टिना समूह बिजेता बन्दा ४ अंकका साथ उपविजेता फ्रान्स पनि क्वाटरफाइनलमा प्रवेश गर्‍यो ।

जारी विश्वकपमा सहभागि १६ टोलीहरुमध्ये फ्रान्स हक्की वरियतामा सबैभन्दा तल्लो वरियताको टोली हो । विश्वकप हक्कीमा आज पनि दुई खेल हुनेछन् । आज समूह बी का अन्तिम खेलहरुमा अस्ट्रेलियाले चीनसँग खेल्दा आयरल्यान्ड र इङ्ल्यान्ड भिड्नेछन् ।

तपाईको प्रतिक्रिया