Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं –  नेपालमा रहेको रग्बी विश्वकपको ‘विश्वकप ट्रफी’ आज (शुक्रबार)  काठमाडौंमा रहेको विश्व सम्पदा सूचीमा सुचिकृत स्थानहरुमा लगिने भएको छ  ।

नेपाल भ्रमणमा रहेको विश्वकप ट्रफी शुक्रबार स्वयम्भुनाथ, बौद्धनाथ, पशुपति र पाटन दरबार स्क्वारमा प्रदर्शनी गरिने आयोजक नेपाल रग्बी संघले जनाएको छ  ।

जापानमा आगामी बर्ष आयोजना हुने विश्वकपको ट्रफी बिहिबार सगरमाथाको आधार शिविरमा लगिएको थियो।

विश्व रग्बी ट्रफी टुर अन्तर्गत विश्वकप ट्रफी बुधबार नेपाल आइपुगेको हो ।

विश्वकप ट्रफी शनिबार टुडिखेलमा आयोजना हुने रग्बी फेस्टिभलको दौरान प्रदर्शनी गरिनेछ छ । फेस्टिभलमा स्कुल रग्बी प्रतियोगिता, महिला रग्बी सेभेन, पुरुष रग्बी प्रतियोगिता र लाइभ कन्सर्ट समेत हुने आयोजकले जनाएको छ ।

ट्रफी टुरको अन्तिम दिन आइतबार राष्ट्रपति लगायत विशिष्ट व्यक्तित्वहरुसंग फोटो खिच्ने र प्रदर्शनी गरीने कार्यकम रहेको छ ।

नेपालमा रग्बीको विश्वकप ट्रफी पहिलोपटक ल्याईएको हो । नेपालमा यसअघि विश्वकप फुटबल र विश्वकप क्रिकेटको ट्रफी ल्याईसकिएको छ ।

रग्बी विश्वकप सन् २०१९ को सेप्टेम्बर २० देखि जापानमा आयोजना हुँदैछ । एसियामा पहिलोपटक रग्बीको विश्वकप हुन लागेको हो । उक्त विश्वकपमा २० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

तपाईको प्रतिक्रिया