Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – क्रोएसियन फुटबल खेलाडी लुका मोड्रिचले विश्व फुटबलको प्रतिष्ठित ‘बलोन डि ओर’ उपाधि जितेका छन् ।

पेरिसमा गएराति आयोजित एक भब्य समारोहमा स्पेनिस क्लब रियाल मड्रिडका मिडफिल्डर मोड्रिचलाई यो वर्षको बलोन डि ओर अवार्डबाट सम्मानित गरिएको हो ।

पछिल्लो एक दशकमा बलोड डि ओरको उपाधि हात पार्ने मोड्रिच तेस्रो खेलाडी हुन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सीले लगातार उत्कृष्ट फुटबलरको अवार्ड जितिरहँदा मोड्रिचले उनीहरुको दबदबा तोड्दै विश्वकपमा सनसनीपूर्ण प्रदर्शन गरेका थिए ।

रोनाल्डो र मेस्सीले समान ५–५ पटक यो उपाधि हात पारेका छन् ।

यसपटक रोनाल्डो दोस्रो स्थानमा रहँदा एट्लेटिको मड्रिड एवं फ्रान्सका खेलाडी एन्टोइन ग्रिजमन तेस्रो स्थानमा रहे । फ्रान्सकै अर्को खेलाडी किलियन एम्बाप्पेले चौथो स्थान हासिल गरे ।उत्कृष्ट युवा खेलाडीलाई दिईने कोपा ट्रफी भने एम्बाप्पेले हात पारे ।

मोड्रिचले विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पुर्‍याउन निकै प्रभावशाली प्रदर्शन गरेका थिए । ३३ वर्षीय मोड्रिचले गत वर्ष रियाल मड्रिडलाई लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जिताउँदा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया