Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं –  इङ्लिस प्रिमियर लिग फुटबलमा गएराति भएका खेलमा लिभरपुल, चेल्सी र आर्सनल विजयी भएका छन् ।

लिग तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुलले एभर्टनलाई १–० ले हरायो ।

सिजनको पहिलो मर्सीसाईड डर्बीमा लिभरपुललाई विजयी गराउन बेल्जीयन स्ट्राईकर डिभोक ओरीगीले ९० औं मिनेटमा निर्णायक गोल गरे ।

गएराति नै भएको अर्को खेलमा चेल्सीले फुल्हमलाई २–० ले हरायो । चेल्सीको मैदानमा भएको लण्डन डर्बीमा घरेलु टोलीका पेड्रो र रुबेन लोफ्टस चिकले एक एक गोल गरे ।

गएराति भएको अर्को लण्डन डर्बीमा आर्सनलले टोटनह्याम हट्सपरलाई ४–२ ले पाखा लगायो ।

आर्सनलको जितमा गाबोनका खेलाडी पिएरे एमरेक औबामायङ्गको दुई गोल तथा अलेक्जेण्डर लाकाजेट् र लुकास टोरेराले एक–एक गोल सामेल थियो ।

पराजित टोली टोटनह्यामका लागि एरिक डायर र ह्यारी केनले एक–एक गोल फर्काए ।

गएरातीका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा १४ खेलबाट ३८ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहँदा ३६ अंकका साथ लिभरपूल दोस्रो तथा ३१ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ ।

३० अंकका साथ आर्सनल चौथो स्थानमा उक्लिंदा समान ३० अंक नैं जोडेको टोटनह्याम हट्सपर पाँचौ स्थानमा झरेको छ ।

तपाईको प्रतिक्रिया