Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – थ्रीस्टारले शहीद स्मारक ए डिभिजन लिगमा एपीएफलाई दुई–शून्यले हराउँदै शीर्ष स्थानमा फर्किएको छ ।

सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा थ्रीस्टारको जितमा रञ्जन विष्टले दुई गोल गरे । प्रतिस्पर्धात्मक खेलमा थ्रीस्टार र एपीएफले आक्रामक खेल खेलको थिए ।

जारी लिगमा मनाङसँग मात्र हार व्यहोरेको थ्रीस्टारले खेलको २३ औं मिनेटमा एपीएफले थ्रीस्टारविरुद्ध बनाएको मुभलाई गोलकिपर एलान न्यौपानेले बचाए । त्यसको दुई मिनेटपछि थ्रीस्टारले खेलमा अग्रता बनायो  उसका लागि सुनिल बलको पासमा रञ्जन विष्टले गोल गरे ।

त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र पहिलो हाफमा थ्रीस्टार एक गोलले अगाडि रह्यो । दोस्रो हाफमा पनि दुवै टिम गोलका लागि भौतारिएका थिए । एक गोलले पछि रहेको एपीएफले थ्रीस्टारलाई केही दबाब दिए पनि गोल गर्न असफल बन्यो ।

यता थ्रीस्टारले खेलको ६६ औं मिनेटमा गोल गर्दै अन्तर दुई–शून्यमा पुर्‍यायो । उसका लागि रञ्जन विष्टले नै गोल गरे । जारी लिगमा उनको गोलसख्या ६ पुगेको छ । त्यसपछि ८८ औं मिनेटमा निराजन खड्काको प्रहारलाई एपीएफका गोलकिपर अमृत चौधरीले बचाए ।

त्यसपछि एपीएफ खेलमा फर्कन सकेन र थ्रीस्टारले चौथो जित हात पार्यो । जितपछि थ्रीस्टारको ५ खेलबाट १० अंक भएको छ । उसले गोल अन्तरका आधारमा मनाङलाई पछि पारेको छ ।

तपाईको प्रतिक्रिया