Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – शहीद स्मारक ए डिभिजन लिगमा नेपाल प्रहरीले तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा प्रहरीले एनआरटीलाई तीन शून्यले हरायो ।

सातदोबाटोमा रहेकाे एन्फा मैदानमा भएको खेलमा प्रहरीका लागि नीर कुमार राईले दुई गोल गरे । ३० मिनेटसम्म गोलरहित बराबरी भएको खेलको ४० औं मिनेटमा प्रहरीले अग्रता लियो । नीरले हेडर गोल गर्दै पुलिसलाई अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको प्रहरीले दोस्रो हाफमा दुई गोल थप्यो । जसमा खेलको ६६ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै अग्रता दुई शून्यमा पुर्याए । त्यसपछि ८१ औं मिनेटमा प्रहरीले तेस्रो गोल गर्यो ।

यसपटक उसका लागि निरकुमार राईले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । त्यसपछि एनआरटी खेलमा फर्कन सकेन र प्रतियोगितामा चौथो हार ब्यहोर्यो । जितसँगै प्रहरी पाँच खेलबाट १० अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ ।

तपाईको प्रतिक्रिया