Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – यूएईमा जारी टी–१० क्रिकेट लिग अन्तर्गत सुपर लिगमा शुक्रबार सन्दीप लामिछानेको केरला नाइट्सले बंगाल टाइगर्ससँग खेल्दैछ ।

सारजाहमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ५ बजेबाट सुरु हुनेछ । सुपर लिगमा ५ खेलमा तीनमा हार ब्यहोरेको सन्दीपको टिम केरलाले प्लेअफमा पुग्न बाँकि दुई खेल जित्नै पर्नेछ भने अरु टिमको नजितामा पनि भर पर्नुपर्ने हुन्छ ।

प्रतियोगितामा बिहीबार भएको वारियर्स विरुद्धको खेलमा सन्दीपको टिमले आठ विकेटका हार ब्यहोरेको थियो । जसमा सन्दीप निकै महंगो बलर बनेका थिए ।

उनले दुई ओभरमा ४७ रन दिएका थिए । जसमा ७ छक्का खाएका थिए । प्रतियोगितामा ६ विकेट लिएका सन्दीपको टिम केरालाको ५ खेलबाट मात्र तीन अंक रहेको छ ।

तपाईको प्रतिक्रिया