Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – उपाधि दाबेदार क्लब चेल्सी र आर्सनलले युरोपा लिगमा जित हात पारेका छन् । यस्तै इटालियन क्लब एसी मिलान  पोर्चुगलको स्पोर्टिङ सिएफले फराकिलो जित हात पार्दा पूर्व विजेता सेभिया भने पराजित भएको छ । ओलिभर जिरुडले दुई गोल गरेपछि चेल्सीले पिओएकेलाई ४-० ले पराजित गर्दै समूह एल को समूह विजेता बन्ने पक्का भएको छ ।

यसअघि नै अन्तिम ३२ मा स्थान पक्का गरिसकेको चेल्सीले समूहमा अपराजित रहँदै पाँच खेल जितेर १५ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा बाटे बारिसोभले भिदीलाई २-० ले पराजित गर्दै अन्तिम ३२ मा पुग्ने सम्भावना कायम राखेको छ । समूहमा एक खेल बाँकी रहँदा बाटे र भिदीको समान ६ अंक छ । यसैगरी अर्को इंग्लिस क्लब आर्सनल भोस्कला पोल्टाभालाई ३-० ले पराजित गर्दै समूह इ को शीर्ष स्थानमा छ । आर्सनलका लागि एमिल स्मिथ रोव, आरोन राम्से र जोसेफ विललकले एक-एक गोल गरे ।

जितपछि आर्सनलले ५ खेलबाट १३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा पोर्चुगलको स्पोर्ट्सिङले क्वारावागलाई ६-१ ले पराजित गर्दै १० अंक जोडेको छ । एक खेल बाँकी छदै आर्सनलसँगै स्पोर्टिङ पनि अन्तिम ३२ मा पुगिसकेको छ । यसैगरी इटालियन क्लब एसी मिलानले एफ९१ डुडेलानलाई ५-१ ले पराजित गर्दै अन्तिम ३२ मा पुग्ने सम्भावना कायम राखेको छ। जितपछि मिलान १० अंकसहित समूह एफको दोस्रो स्थानमा उक्लेको छ । ओलम्पियाकोसलाई १-० ले पराजित गर्दै ११ अंक जोडेको स्पानिस क्लब रियल बेटिस यस समूहको शीर्ष स्थानमा छ ।

हारे पनि ७ अंक रहेको ओलम्याकोस तेस्रो स्थानमा छ र नकआउट चरण पुग्ने होडमा छ । समूहको अन्तिम खेलमा मिलानले ओलम्पियाकोसँग खेल्नेछ र त्यसमा बराबरी नतिजा नै मिलानलाई नकआउट पुग्न पर्याप्त हुनेछ । स्पानिस क्लब सेभिया भने समूह जे को खेलमा स्टानडर्ड लिगसँग १-० ले पराजित भएको छ । हारपछि सेभिया पाँच खेलबाट ९ अंककका साथ दोस्रो स्थानमा छ ।

अखिसमास्पोरलाई २-१ ले हराएको एफसी क्रासनोडर ११ अंकसहित समूह जे को शीर्ष स्थानमा उक्लेको छ । सेभियालाई हराएको स्टानडर्ड लिगको पनि ९ अंक नै छ र गोल अन्तरमा पछि छ । अब अन्तिम खेलमा सेभियाले क्रासनोडरसँग खेल्नेछ । उक्त खेल जिते अर्को खेलमा जस्तो नतिजा आएपनि सेभिया अन्तिम ३२ मा पुग्नेछ । यदी स्टार्ड लिग पराजित भएमा सेभिया हारे पनि नकआउट चरणमा पुग्नेछ ।

तपाईको प्रतिक्रिया