Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएरातीका खेलहरुपछि थप ४ टोली नक आउट चरणमा प्रवेश गरेका छन् ।

पाँचौ चरणका खेलहरुपछि जर्मनीको बोरुसीया डर्टमण्ड र शाल्का, स्पेनको एथ्लेटिको मड्रिड र पोर्चुगलको एफ.सी पोर्टोले अन्तिम १६ मा ठाँउ पक्का गरेका हुन् ।

लिगका एक खेल मात्रै बाँकी छँदा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एस.जी) र इंग्लण्डको टोटनह्याम हट्सपरले पनि महत्वपूर्ण जित हासिल गरेका छन् । गएराती भएको खेलमा स्पेनको एथ्लेटिको मड्रिडले फ्रान्सको मोनाकोलाई २–० ले हरायो ।

यही समुहको अर्को खेलमा जर्मनीको बोरुसीया डर्टमण्ड र बेल्जीयमको क्लब ब्रुजले गोलरहित बराबरी खेले । उता समुह बि को खेलमा स्पेनको बार्सीलोनाले नेदरल्याण्ड्सको पि.एस.भि.लाई २–१ ले हराउँदा इंग्लण्डको टोटनह्याम हट्सपरले ईटालीको ईन्टर मिलानलाई १–० ले पाखा लगायो ।

यो समुहबाट बार्सीलोना यसअघि नैं राउण्ड अफ सिक्सटिनमा पुगिसकेको छ । एक खेल बाँकी छँदा टोटनह्याम र ईन्टर मिलानको समान ७–७ अंक छ ।

च्याम्पियन्स लिग समुह सि मा फ्रान्सको पि.एस.जी.ले इंग्लण्डको लिभरपूललाई २–१ ले हराँउदा इटालीको नापोलीले सर्वियाको रेडस्टार बेलग्रेडलाई ३–१ ले पराजित गरेको छ । यो समुहमा नापोलीको ९ अंक भएको छ । पि.एस.जी.को ८ अंक छ भने लिभपूलले ६ अंक जोडेको छ ।

यसैगरी समुह डि का खेलहरुमा पोर्चुगलको पोर्टोले जर्मनीको शाल्कालाई २–१ ले हराउँदा रुसको लोकोमोटिभ मस्कोले टर्कीको गालातासारेलाई २–० ले पराजित ग¥यो ।

तपाईको प्रतिक्रिया