Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – यूएईमा जारी टी–१० क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएका सन्दीप लामिछानेले चौथो खेलमा लय लिन सकेनन् ।

उनले २ ओभरमा २८ रन खर्चिँदासमेत विकेट हात पार्न असफल भएका हुन् । सुरुका तीन खेलबाट ६ विकेट लिएका सन्दीप चौथो खेलमा नचलेपछि उनको टिम केरला नाइटस् पञ्जाब लिजेन्डससँग ३६ रनले पराजित हुन पुग्यो ।

केरलाले रन पछ्याउने क्रममा सन्दीपले ब्याटिङ पनि गरेका थिए । उनी १ रनमा नट आउट रहे । केरलाका क्रिस गेलले ३५ रन जोड्दा अन्य खेलाडीले सम्झन लायक प्रदर्शन नै गरेनन् ।

तपाईको प्रतिक्रिया