Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं –  सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको चौथो चरणको खेलहरु आज सुरु हुँदैछ । चौथो चरण अन्तर्गत पहिलो दिन तीन खेलहरु हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सिएमजी संकटाले प्रतिस्पर्धा गर्नेछन् ।

मैदान उत्रदै गर्दा दुवैको लक्ष्य प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायम राख्नु हुनेछ । संकटा लिगमा शतप्रतिशत जित निकाल्न सफल छ । विभागीय टिम आर्मी दुईमा जित र एकमा बराबरीको नतिजा सहित प्रतियोगितामा अपराजित छ ।

संकटा ९ अंक सहित दोस्रो स्थानमा रहदाँ आर्मी ७ अंक सहित लिगको चौथो स्थानमा छ । संकटालाई विभागीय टिम विरुद्व जित निकाल्दै लिगको शीर्ष स्थानमा उक्लिने मौका समेत रहेको छ । सोही मौका विभागीय टिम आर्मीलाई समेत प्राप्त छ । खेल बिहान ११ बजे सुरु हुनेछ ।

यस्तै, दोस्रो खेलमा न्युरोड टिम एनआरटी र रुस्लान थ्री स्टार क्लबले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो साढे २ बजे सुरु हुने खेलमा एन्फा कम्प्लेक्समा हुनेछ । एनआरटीविरुद्व उत्रदै गर्दा थ्री स्टार अघिल्लो खेलमा गरेका गल्तीलाई सुधार गर्न चाहन्छ ।

मनाङविरुद्वको खेलमा चुकेको फरवार्ड लाईनलाई लयमा फर्काउनु थ्री स्टारलाई चुनौतीपुर्ण छ । तेस्रो चरणको खेलको समाप्तिमा मात्र एक बराबरी निकाल्न सफल एनआरटीलाई लिग तालिकामा सुधार गर्न थ्री स्टारविरुद्वको खेल महत्वपुर्ण छ ।

थ्री स्टार ६ अंक सहित तालिकाको पाँचौ स्थानमा रहदाँ एनआरटी मात्र एक अंक सहित पुछारदेखि तेस्रोमा छ । दिनको तेस्रो खेलमा हल्चोकस्थित एपीएफ मैदानमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

दिउँसो साढे २ बजे हुने खेलमा दुवै टोली जित निकाल्दै उपाधि होडमा फर्कन चाहन्छन् । लिगमा समान एक जित, एक हार र एक बराबरीको नतिजा निकालेका दुवै टोलीलाई उपाधि होडमा फर्कन आजकोे खेल महत्वपुर्ण छ ।

पछिल्लो खेलमा आर्मीसंग पराजित पुलिसलाई उच्च मनोबलमा साथ खेलमा फर्कन चुनौतीपुर्ण छ । तेस्रो चरणमा प्राप्त प्रभावशाली जितले च्यासललाई लिगको बलियो दाबेदारको रुपमा प्रस्तुत गरिदिएको छ ।

विमल घर्तिमगर, अमिर श्रेष्ठ र सन्तोष साहुखलको अग्रपङ्पतिले कुनैपनि समय विपक्षीलाई पराजित गर्ने हैसियत राख्छ । च्यासल ४ अंक सहित छैटौ स्थानमा छ । समान अंक भएपनि गोल अन्तरका आधारमा पुलिस सातौ स्थानमा छ ।

तपाईको प्रतिक्रिया