बाँके – शनिबार बिहानबाट नेपालगञ्ज म्याराथन २०१८ सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव बिष्टले बिहान बीपीचोकबाट म्याराथनको उद्घाटन गर्नुभयो ।
आयोजक क्रियटिभ ह्यान्डसका अध्यक्ष टीएस ठकुरीका अनुसार म्याराथन दौडमा एक हजारभन्दा बढी सहभागी छन । नेपालगञ्ज म्याराथनको यो चौथो संस्करण हो ।