बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – किरण खाती र शिलु पोखरेलको ‘आँखा नशालु’ गीत बजारमा आएको छ । शिलु पोखरेल र किरण खातीको स्वर रहेको गीत ‘आँखा नशालु’ गीत सार्वजनिक भएको हो । यस गीतमा सरकार जाओसले र्‍याप हानेका छन् । गीतको शब्द शिलु  पोखरेलको रहेको छ ।

म्युजिक भिडियोको निर्देशन किरण खाती र शिलु पोखरेलले गरेका हुन् । गीतको कोरियोग्राफ काजी पारसले गरेका छन् । गीतमा गन्दिप मल्ल, अनुशा श्रेष्ठ, रविना श्रेष्ठ, रोजिना श्रेष्ठ, पविता आचार्य, अदिती जोशी, रसिला राई र अजय भट्टराईको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया