Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं  – इन्टरनेशनल वादो फेडरेशन (आइडब्लुएफ) नेपालको आयोजनामा यहि मंसिर ८ र ९ गते १६ औं अन्तराष्ट्रिय डब्लुकेआई कराते च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । प्रतियोगिता लैनचौरस्थित टेवुलटेनिस कवर्ड हलमा हुने भएको हो ।

प्रतियोगितामा आयोजक नेपाल सहित श्रीलङका, बंगलादेश, भुटान र भारतका गरि कुल ३ सय खेलाडी सहभागी हुने इन्टरनेशनल वादो फेडरेशन (आइडब्लुएफ) नेपालका कार्यवाहक अध्यक्ष शम्भु तामाङले जानकारी दिए ।

श्रीलङकामा १५ औँ अन्तराष्ट्रिय डब्लुकेआई कराते च्याम्पियनसिप प्रतियोगीता सफलतापुर्वक सम्पन्न गरेको अनुभवका आधारमा नेपालमा हुने प्रतियोगितालाई पनि सफल बनाउन लागिपरेको उपाध्यक्ष मोहन महर्जनले बताए ।

प्रतियोगिताको एक दिन अघि मंसिर ७ गते रेफ्री सम्मेलन समेत हुने महासचिव राजु सुवेदीले जानकारी दिए।

प्रतियोगितामा सहभागी हुन नेपाल बाहिरका खेलाडी तथा अफिसियलहरु बुधबारबाटै आउन सुरु गरेको कार्यवाहक अध्यक्ष तामाङले बताए।

तपाईको प्रतिक्रिया