Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ । आजबाट सुरु भएको दोस्रो चरणको खेलमा मनाङले न्यूरोड टिम एनआरटीमाथि २-० को जित निकालेको हो ।

मनाङले दुवै गोल पहिलो हाफमा गरेको थियो । एपीएफ मैदान हलचोकमा भएको खेलमा मनाङका अञ्जन विष्टलाई एनआरटीका खेलाडीले लडाएपछि पाएको पेनाल्टी पाएको थियो । पेनाल्टीलाई अञ्जनले गोलमा परिणत गर्दै सुरुवाति अग्रता दिलाएका थिए ।

यसैगरी ३७औँ मिनेटमा  मनाङका अफ्रिकन खेलाडी ओलावाले आफिजले दोस्रो गोल गरेका थिए । त्यसपछि थप गोल हुन नसकेपछि मनाङले  तीन अंक जोड्न सफल भयो । पहिलो खेलमा पनि जित निकालेको मनाङले तालिकामा ६ अंक जोडेको छ ।

तपाईको प्रतिक्रिया