Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – जापानको टोकियोमा २०२० मा हुने ओलम्पिकमा स्थान बनाउन भइरहेको एसियन छनोटको पहिलो चरणमा नेपाल समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा म‌ंगलबार बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

बंगलादेशलाई पराजित गरे नेपालले दोस्रो चरणमा स्थान बनाउने छ । पहिलो र दोस्रो खेलमा समूहका बलिया प्रतिद्वन्द्वीहरू भारत र म्यानमारलाई बराबरीमा रोकेको नेपालका लागि दोस्रो चरणको छनोटलाई मूर्तरूप दिन पनि बंगलादेशलाई हराउनुपर्ने चुनौती छ । अहिलेसम्म पहिलो चरणभन्दा अघि बढ्न नसेकेको नेपाल जारी प्रतियोगितामा भने उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

प्रतियोगितामा नेपाल पहिलो र दोस्रो चरणमा बलिया प्रतिद्वन्द्वी भारत र म्यानमारसँग समान १–१ गोलको बराबरी खेलेको थियो । अंक तालिकामा तेस्रो स्थानमा रहेपनि समुहमा कमजोर देखिएको बंगलादेशलाई हराए नेपाल छनोट नजिक पुग्नेछ । नेपालले बंगलादेश विरुद्ध भिड्दा समूहमा बलिया प्रतिद्वन्द्वीहरू भारत र म्यानमार पनि एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा तत्कालीन अवस्थामा तेस्रो स्थानमा रहे पनि नेपाल बंगलादेशलाई हराए शीर्ष स्थानमा रहँदै छनोट हुने सम्भावना कायम रहन्छ ।

यदि नेपाल बंगलादेशसँग बराबरी या पराजित भए प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिने छ । नेपालले बंगलादेशलाई पराजित गरेको खण्डमा भने भारत र म्यानमारमाथि चुनौती बढ्ने छ । प्रतियोगितामा शीर्ष दुईमा रहने टिमले दोस्रो चरणमा स्थान बनाउनेछन् । त्यसैलेपनि नेपालको सम्भावना बलियो छ । त्यसका लागि पहिलो चुनौती बंगलादेशलाई हराउनु नै हुने छ । प्रतियोगितामा बंगलादेश भने लगातार दुई खेलमा पराजित हुँदै बाहिरिसकेको छ ।

नेपालले बंगलादेशलाई पराजित गरेमा समूह विजेताका लागि नेपाललाई म्यानमार र भारत विच हुने खेलको नतिजापनि महत्त्वपूर्ण हुने छ । यद्यपि प्रतियोगितामा शीर्ष दुईमा रहने टिमले दोस्रो चरणमा स्थान बनाउने हुँदा बंगलादेशलाई पराजित गरे अघिल्लो चरण छनोट नेपाललाई धेरै गाह्रो भने हुने छैन । भारत र म्यानमारबीच बराबरी भए त्यसको फाइदा नेपाललाई हुनेछ । बंगलादेशले नेपाललाई हराएर भारत र म्यानमारले बराबरी खेलेमा नेपाल समूह विजेता बन्नेछ । बंगलादेशसँग पनि बराबरी खेलेमा नेपालले उत्कष्ट तीनको प्रतिक्षा गर्नुपर्ने छ ।

तपाईको प्रतिक्रिया