Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय सन्दीप लामिछाने र सोमपाल कामी आगामी फेब्रुअरी १७ देखि हुने पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन् ।

पाकिस्तान सुपर लिगले अक्सनका लागि आइतबार सार्वजनिक गरेको खेलाडी ड्राफ्ट सूचीमा नेपालका सन्दीप र सोमपाल अटाएका हुन् । युवा लेग स्पिनर सन्दीप विदेशी खेलाडीको कोटा अन्तर्गत गोल्ड समूहको ड्राफ्टमा परेका छन् । तीव्र गतिका बलर तथा अलराउन्डर सोमपाल सिल्भर समूहमा परेका छन् ।

ईपीएल, क्यारेवियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग लगात थुप्रै अन्तर्राष्टिय लिग खेली सकेका र बीग ब्यासमा पनि अनुबन्ध भइसकेका सन्दीपको ड्राफ्टमा छनोट हुने सम्भावना बलियो छ । गत संकरणमा सन्दीप ड्राफ्टमा परेपनि कसैले छनोट गरेका थिएनन् ।

ड्राफ्ट नोभेम्बरमा २० मा इस्लामबादमा हुने जनाईएको छ । त्यसैबाट सहभागि टिमले आफ्नो अन्तिम टिमका लागि खेलाडी छनोट गर्नेछन् । प्रत्येक टिममा कुल १६ जना खेलाडीहरु हुनेछन् ।  गोल्ड क्याटगरिका खेलाडीले कम्तिमा ५० हजार डलर प्राप्त गर्नेछन् । सिल्भर क्याटगरिका खेलाडीले न्युनतम २२ हजार अमेरिकी डलर पाउने प्रावधान रहेको छ ।

चौथो संकरणको पाकिस्तान सुपर लिग सन् २०१९ को १७ फेब्रुअरी देखी १७ मार्च सम्म युएई र पाकिस्तानका शहरमा हुनेछ । डबल राउण्ड रोविनका आधारमा खेलाईने प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ ।

तपाईको प्रतिक्रिया