Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा स्थान पक्का गर्न सफल भएको छ । मंगलबार राति भएको खेलमा इटालियन क्लब इन्टर मिलानसँग बराबरी खेलेपनि स्पेनिस महारथी बार्सिलोनाले दुई खेलअगावै प्रतियोगिताको अन्तिम १६ मा स्थान बनायो ।

चोटका कारण मैदान बाहिर रहेका लियोनल मेसीको अभाव देखिएको खेलमा बार्सिलाना १–१ गोलको बराबरीमा रोकियो । सिल्भा डी ओलिविराले ८३ औ मिनेटमा बार्सिलोनालाई अग्रता दिलाएपनि खेल सकिन ३ मिनेट बाँकी छँदा इन्टरका माउरो इकार्डीले बराबरी गोल फर्काएका थिए । समूह बीमा बार्सीलोनाले ४ खेलबाट १० अंक जोडेर नकआउट चरणमा स्थान बनाएको छ भने इन्टर मिलान ७ अंकसहित प्रि क्वार्टरफाईनलको नजिक छ ।

यसै समूहको अर्को खेलमा प्रिमियर लिग क्लब टोटेनह्यामले पीएसभीलाई पराजित गर्दै अघिल्लो चरण प्रवेशको सम्भावनालाई कायमै राखेको छ । उसले घरेलु मैदानमा पीएसभीलाई २–१ ले हरायो । टोटनह्यामका लागि दुवै गोल ह्यारी केनले गरे । डि जोङको गोलमार्फत पाहुना टोलीले खेलको दोस्रो मिनेटमै अग्रता लिए पनि टोटनह्यामले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो ।

७८ औ मिनेटमा बराबरी गोल फर्काएका केनले खेल सकिन एक मिनेट बाँकी छँदा विजयी गोल गर्दै टोटनह्यामको अघिल्लो चरण सम्भावनालाई कायम राखे । जितपछि टोटनह्यामको ४ खेलबाट ४ अंक छ । ऊ तालिकाको तेस्रो स्थानमा छ । पीएसभी एक अंकसहित पुछारमा छ ।

तपाईको प्रतिक्रिया