Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – पोखरा प्रिमियर लिग पीपीएल टी-२० क्रिकेटको उपाधिका लागि अहिले घरेलु टोली पोखरा पल्टन र चितवन राइनोजबीच खेल भइरहेको छ । चितवनले पोखरालाई जितका लागि १६१ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले कप्तान पारस खड्काको अर्धशतक मद्दतमा ५  विकेट गुमाएर १६० रन बनायो । पारसले ३७ बल खेल्दै ९ चौकाको मद्दतमा ५१ रन बनाए । पीपीएलमा उनको यो पहिलो अर्धशतक समेत हो ।

दोस्रो ओभरमै चितवनले ओपनर हरिशंकर शाह (८) लाई गुमाएको थियो । तर कप्तान पारस र अर्का ओपनर अनिल शाहले दोस्रो विकेटका लागि ७६ रनको साझेदारी गर्दै चितवनको रन गती बढाए । अनिलले ३८ बल खेल्दै ३७ रन बनाए। यस्तै सन्नी पटेलले आक्रमक ब्याटिङ गर्दै ४३ रन बनाए । २१ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे । बलिङमा पोखराका कृष्ण कार्कीले दुई तथा ललित नारायण राजवंशी र मोहम्मद नाभिदले एक-एक विकेट लिए ।

तपाईको प्रतिक्रिया