Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – पेरिस सेन्ट जर्मन (पिएसजी)का ब्राजिलियन स्टार खेलाडी नेइमार आफ्नो पुरानो क्लब बार्सिलोना फर्किन चाहेको उनका पूर्व सहकर्मीे मार्टिन मोन्टोयाले बताएका छन् । सन् २०१३ देखि २०१६ सम्म बार्सिलोनामा रहेर खेलेका डिफेन्डर मोन्टोयाले नेइमारले बार्सिलोना फर्कन चाहेको बताएका हुन् ।

‘मैले बुझेसम्म उनी साँच्चै क्याम्प नोउ फर्कन चाहन्छन् । तर, अहिले अवस्था सजिलो छैन,’ मोन्टोयाले भने, ‘पिएसजी निकै राम्रो टिम हो । उनीहरूले अहिले सजिलै नेइमारलाई कतै पठाउँदैनन् । नेइमारका लागि उनीहरूले ठूलो रकम खर्चेका छन् ।’ तर, मोन्टोया भने नेइमार पिएसजीमा रमाउन नसकेको बताउँछन् । ‘बार्सिलोनामा ४ वर्ष रहँदा नेइमार निकै राम्रा भएका थिए । खेलसँगै अन्य वातावरणका हिसाबले पनि उनलाई बार्सिलोनामा सहज थियो,’ उनले अघि थपे ।

२ वर्षअघि विश्वकै सर्वाधिक महँगो खेलाडी बन्दै २ सय २२ मिलियन युरोमा पिएसजी पुगेका नेयमारले बार्सिलोनामा ४ वर्ष बिताएका थिए । खास गरी बार्सिलोनामा ‘मेस्सीको छायाँबाट मुक्त हुन’ भन्दै स्पेन छाडेका उनी बार्सिलोनामा लियोनल मेस्सी र लुइस स्वारेजसँगको आक्रमण लाइनमा जमेका थिए । तर, पिएसजीमा पनि गएको सिजन त्यती राम्रो हुन नसकेका नेइमारले अप्रत्यासित रूपमा बार्सिलोना छाडेका थिए । त्यसमा पनि बालोन डि‘ओर जित्न मुख्य मानिने युरोपियन च्याम्पियन्स लिगमा उनको क्लब असफल भएपछि नेइमारको पहिलो वर्ष पिएसजीमा उत्साहजनक रहेन ।

यस सिजन पनि उनी पिएसजीमा लयमै देखिएका छन् । तर, यतिबेला उनले पिएसजी छाडेर पुनः बार्सिलोना फर्किने मनस्थिति बनाएको खबर सार्वजनिक भइरहेका छन् । नेइमारले हालसम्म पिएसजीका लागि ४४ खेल खेल्दै ४० गोल गरेका छन् भने २२ गोलका लागि पास मिलाएर आफूलाई प्रमाणित गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया