Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – पहिलो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल खेल आज हुँदैछ । घरेलु टोली पोखरा पल्टन र चितवन राइनोज उपाधिका लागि भिड्दैछन् ।

चितवन राइजोजलाई राष्ट्रिय टिमका कप्तान पारस खड्काले नेतृत्व गरेका छन् । भने, पोखराको नेतृत्व राष्ट्रिय टिमकै अर्का प्रभावशाली खेलाडी शरद भेषावकरले गरेका छन् । लिग चरणमा अंक तालिकामा शीर्ष रहँदै घरेलु टोली पोखरा फाइनलमा प्रवेश गरेको थियो । तर, लिगका दुई खेल लगातार हारेको चितवन राइनोज त्यसपछिका लगातार चार खेल जितेर फाइनल प्रवेश गरेको हो ।

प्लेअफमा चितवनले राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको टिम काठमाडौँलाई पराजित गरेको थियो । खेल पोखरा रंगशालामा बिहान ११ बजेदेखि सुरु हुनेछ । खेल समापन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुँदैछन् ।

विजेता टोलीले २७ लाख नगद पाउनेछ । भने, उपविजेता टोलीले दश लाख रुपैयाँ पाउनेछ । पीपीएल सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो ।

तपाईको प्रतिक्रिया