Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र चेल्सीले सहज जित हात पारेका छन् ।

लिग तालिकाको शीर्ष स्थानमा रहेको म्यान सिटीले साउथह्याम्पटनलाई ६–१ ले पराजित गर्यो । सिटीका लागि राहिम स्टर्लिङले दुई गोल गर्दा सर्जियो अगुएरो, डेभिड सिल्भा र लेरोए सानेले एक–एक गोल गरे । साउथह्याम्पटनकै वेस्ले होएटले एक आत्माघाती गोल गरेका थिए ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ३–१ ले हराएको छ । खेलमा चेल्सीका अल्भारो मोराटाले दुई गोल गर्दा पेड्रोले एक गोल थपे । प्यालेसका एन्ड्रोस टाउनसेन्डले एक गोल फर्काए ।

गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा ११ खेलबाट २९ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ । २७ अंक जोडेको चेल्सी दोस्रो स्थानमा उक्लिँदा समान २७ अंक नै भए पनि लिभरपुल गोलअन्तरका आधारमा तेस्रो स्थानमा झरेको छ ।

तपाईको प्रतिक्रिया