Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

पोखरा – पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत हुलास काठमाडौं रोयल्सले पोखरा पल्टनलाई १ सय ४ रनको कमजोर लक्ष्य दिएको छ। शनिबार पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं १९.१ ओभरमा १ सय ३ रनमै अलआउट भयो।

काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सबैन्दा बढी ३१ रन जोडे। उनले २८ बलमा ३ चौका र १ छक्का प्रहार गरे। बसन्त रेग्मीले नटआउट १९ रन बटुले। बसन्तले १२ बलमा १ चौका र २ छक्का प्रहार गरेर काठमाडौंकाो इनिङ उकासेका थिए।

कमजोर ब्याटिङ गरेको काठमाडौंका ओपनर जयकिशन कोल्सावाला खाता नै नखोली पेलिभियन फर्काए। लगत्तै मैदान आएका गौरव तोमार डकआउट भए। दुवैलाई पोखराका मोहमद नावेदले पेभिलियनको बाटो देखाए।

त्यसपछि ओपनर अमित श्रेष्ठ १७ बलमा २१ रन बनाएर आउट भए। उनले ३ चौका र १ छक्का हिर्काए। पवन सर्राफले १२ रन भन्दा बढी जोड्न सकेनन्। नरेश बुढाऐर ६ रन, आदिल खान ७ रन, अमरसिंह रटेउला १ रनमा आउट भए। सुसन भारी र नन्दन यादवले खाता खोल्न सकेनन्।

बलिङमा पोखराका स्पिनर ललितनारायण राजवंशीले ३ विकेट लिए। उनलेे ४ ओभरमा १८ रन खर्चिए। मोहमद नावेद र रासिद खानले २-२ विकेट हात पारे। १ विकेट विक्रम यादवको नाममा रह्यो।

खेलमा जित हात पर्ने टिम दोस्रो चरणमा पुग्ने सम्भावना बढी हुन्छ। लिगको शीर्ष टिम सिधै फाइनलमा पुग्नेछ। दोस्रो र तेस्रो हुने टिम इलिमिनेटका लागि प्रतिस्पर्धा गर्नेछन् भने पुछारका ३ टिम बाहिरिनेछन्।

अन्तिम खेलमा शनिबार दिउँसो चितवन राइनोज र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ। खेलबाट दोस्रो चरणमा पुग्ने ३ टिमको टुंगो लाग्नेछ।

अंक तालिका 

तपाईको प्रतिक्रिया