Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – साफ अण्डर १५ च्याम्पियनसीपको तेस्रो स्थानका लागि नेपालले आज चीर प्रतिद्वन्दी भारतको सामना गर्दैछ ।

नेपाल सेमिफाइनलमा पाकिस्तानसँग पराजित भएको थियो भने भारत, पेनाल्टिमा बंगलादेशसँग ४–२ गोलअन्तरले पराजित भएको थियो । तेस्रो स्थानको प्रतिस्पर्धा ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहान साढे १० बजे सुरु हुनेछ ।

आजै च्याम्पियनसीपको उपाधिका लागि पाकिस्तान र बंगलादेश आमने सामने हुनेछन् । उपाधि भिडन्त सोही मैदानमा दिउँसो साढे २ बजे सुरु हुनेछ । ६ टोली सहभागी च्याम्पियनसीपमा भुटान र माल्दिभ्स भने समुह चरणबाटै घर फर्किएका थिए ।

 

तपाईको प्रतिक्रिया