Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – पेरिस मास्टर्स कप टेनिसको सेमिफाइनलमा विश्व नम्बर दुई नोभाक जोकोविच र विश्व नम्बर तीन रोजर फेडेररबीच भेट हुने भएको छ ।

सर्बियाका जोकोविचले क्रोएसियाका मारिन चिलिचलाई ४–६, ६–२ र ६–३ को सेटमा हराउँदै फेडेररसँगको सेमिफाइनल भेट पक्का गरेका हुन् ।

अस्ट्रेलियन ओपन च्याम्पियन फेडेररले १० औं बरियताका जापानी खेलाडी केई निशिकोरीलाई हराएर अन्तिम चारमा स्थान बनाएका हुन् ।

फेडेररले निशिकोरीलाई ६–४ र ६–४ को सेटमा हराएका हुन् । फेडेररले गएको हप्ता स्वीस इनडोरको उपाधि लगातार नवौँ पटक जितेका थिए ।

यस्तै जोकोविच यो वर्षको युएस ओपन तथा विम्बल्डन उपाधि विजेता हुन् । जोकोविच र फेडेररबीच आगामी सोमबार खेल हुनेछ ।

यो खेलपछि जोकोविच विश्व बरियतामा शीर्ष स्थानमा उक्लिने सम्भावना छ । अहिले राफाल नाडाल शीर्ष बरियतामा छन् ।

तपाईको प्रतिक्रिया