Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – कप्तान दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शनले पोखरालाई हराउँदै धनगढी ब्लुज पोखरामा जारी पिपीएलको शीर्ष स्थानमा पुगेको छ । घरेलु टोली पोखरा पल्टनले दिएको १ सय ४५ रनको विजयी लक्ष्य धनगढीले अन्तिम बल बाँकी छँदै ८ विकेट गुमाएर पुरा गर्‍यो ।

धनगढीका लागि ऐरीले २६ बलमा ४९ रनमा नटआउट रहे । ४ छक्का र ४ चौका प्रहार गरेका ऐरीले उत्कृष्ट पारी खेले । यसअघि पिटर ट्रेगोले ३४ बलमा ५३ रन बनाएका थिए । सुवेन्दु पाण्डेले २२ रन बनाए । धनगढीका लागि बाँकी खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन् ।

यसअघि पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन जोड्यो । पोखराका लागि रोहित कुमार पौडेलले सर्वाधिक ३१ रनको योगदान दिए । रवि इन्दर सिंह २८ रनमा आउट हुँदा ओपनर आसिफ शेख २३ रनमा आउट भए। कप्तान शरद भेषवाकर १४ रनमा पेभेलियन फर्किएका थिए ।

धनगढीका लागि कमलले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर ४ विकेट लिएका थिए । पिटर डेभिड ट्रेगो, ड्यानियल लरेन्स र रोविन क्षेत्रीले समान १ विकेट लिएका थिए ।

लिगमा सबै खेल खेलिसकेको धनगढीले ५ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा पुगेको हो । एक खेल कम खेलेको पोखरा आजको पराजयको बाबजुत ४ खेलबाट ४ अंकसहित प्ले अफ सम्भावना अझै बाँकी छ । पहिलो खेलमा विराटनगरलाई ५८ रनले हराएको पोखराले दोस्रो खेलमा वुटवलसँग ३३ रनले पराजित हुन पुगेको थियो । त्यस्तै तेस्रो खेलमा चितवनलाई ५ विकेटले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको थियो ।

तपाईको प्रतिक्रिया