Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – साविक विजेता म्यानचेस्टर सिटी काराबाओ कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा प्रिमियरशीप प्रतिद्वन्द्वी फुल्हमलाई २–० ले हराउँदै म्यान सिटी क्वाटरफाइनलमा पुगेको हो ।

खेलमा सिटीका लागि दुबै गोल स्पेनिस खेलाडी ब्रहिम डियाजले गरे ।

काराबाओ कप फुटबलको क्वाटरफाइनलमा अब सिटीले लेस्टर वा साउथह्याम्टन विचको विजेतासँग खेल्नेछ ।

गएरातिको खेलमा सिटीका बेल्जियन मिडफिल्डर केभिन डे ब्रायन घाईते भएका छन् ।

चोटकै कारण गत अगष्टदेखि मैदानबाट टाढा रहेका डे ब्रायन दुई हप्ता अघि मात्रै मैदानमा फर्किएका थिए ।

डे ब्रायनको पछिल्लो चोट कति गम्भिर छ भन्नेबारे केही खुलाइएको छैन ।

तपाईको प्रतिक्रिया