Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – अघिल्लो संस्करणको उपविजेता नेपाल साफ यू-१५ फुटबल च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ । अाज ललितपुरको एन्फा कम्प्लेक्समा भएको अन्तिम सेमिफाइनलमा घरेलु टोली नेपाल पाकिस्तानसँग ४-० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा पाकिस्तानले एक पक्षीय खेल खेल्दै ४ गोल गर्‍यो । पाकिस्तानले ५४औं मिनेटमा आत्मघाती गोलबाट खेलमा अग्रता बनाएको थियो । पाकिस्तानका खेलाडीले क्रस गरेको बललाई जान लिम्बुले क्लियर गर्न खोज्दा बलले आफ्नै पोष्टको दिशा लिए पछि सुरूवाती पछि परेको नेपालले ५९ औं मिनेटमा दोब्बर गोलले पछि पर्‍यो ।

जान लिम्बुले पाकिस्तानी खेलाडीलाई डि-बक्समा लडाएपछि पाकिस्तानका लागि मोहम्मद उल्लाहले पेनाल्टीमा गोल गर्दै पाकिस्तानलाई २-० को अग्रता दिलाए । त्यसको १० मिनेटपछि ६९औं मिनेटमा अर्को पेनाल्टीमा मोहम्मदले गोल गर्दै पाकिस्तानलाई ३-० को सहज स्थितिमा पुर्‍याए । त्यसपछि मुदस्सर नजरले चौथो गोल गर्दै पाकिस्तानलाई सहज जित दिलाए ।

अब पाकिस्तानले उपाधिका लागि शनिबार बंगलादेशको सामना गर्नेछ । बंगलादेशले आजै भएको पहिलो सेमिफाइनलमा भारतलाई हराएको थियो । नेपालले शनिबारै तेस्रो स्थानको लागि भारतसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया