Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – पोखरा प्रिमियर लिगमा सुरुवाती दुई खेल जित्दै उत्कृष्ट सुरुवात गरेको बुटवल ब्लास्टर्सले लगातार दुई खेल हारेको छ । प्रतियोगिताअन्तर्गत बिहीवार भएको खेलमा धनगढी ब्लुजले बुटवललाई २० रनले पराजित गरेको हो। धनगढीको भने यो चार खेलमा दोस्रो जित हो ।

धनगढीको जितपछि प्रतियोगितामा सहभागि ६ मध्ये पाँच टिमको समान ४ अंक छ । सन्दीप लामिछानेको विराटनगर टाइटन्सको भने चार खेलबाट २ अंक मात्र छ । धनगढीले दिएको १६२ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा ६ विकेट गुमाएर १४१ रन मात्र बनाउन सक्यो । चिराग सुरीले अन्त्यसम्म खेल्दै नटआउट ७९ रन बनाएपद्दि टिमलाई जिताउन सकेनन् ।

यसअघिका तीन खेलमा ओपनिङ गरेका सुरीले आज तेस्रो नम्वरमा ब्याटिङ गरेका थिए । ओपनिङमा फ्लप उनले धनगढी विरुद्ध ५४ बल खेल्दै १२ चौका र १ छक्का प्रहार गरे । यस्तै रोहन मुस्ताफाले २० रन जोडे। धनगढीका सागर ढकालले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले कप्तान दिपेन्द्र सिंह ऐरी र ड्यानिएल लरेन्सको शतकिय साझेदारीमा ४ विकेट गुमाएर १६१ रन बनाएको थियो । दुवैले अर्धशतक बनाए ।

दिपेन्द्रले नटआउट ५६ रन बनाए । ३९ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । ३९ बल नै खेलेका लरेन्सले ३ चौका र २ छक्काको मद्दतमा ५२ रन जोडे । यी दुईले चौथो विकेटका लागि १०८ रनको साझेदारी गरे । पीपीएलमा यो कुनै पनि विकेटका लागि भएको उच्च साझेदारी हो । बलिङमा बुटवलका विपिन खत्रीले २ विकेट लिए ।

तपाईको प्रतिक्रिया