Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक प्याराग्लाइडिङ विश्वकप अाजदेखि सुरू हुँदैछ ।

स्याङ्जाको स्वरेक महापुर मैदान र डौवाफाँटमा हुने प्रतियोगिता कार्तिक १८ गतेसम्म हुनेछ । स्याङजालाई प्याराग्लाइडिङकाे ट्रेनिङ सेन्टरको रुपमा समेत विकास गर्न नेपालमा पहिलो पटक यो प्रतियोगिताको आयोजना गर्न लागिएको हो । जसमा प्याराग्लाइडर्सहरुले समुद्र सतहदेखि १६०० मिटरको मिटरबाट जम्प गर्नेछन् भने ८ सय मिटरमा ल्याण्ड गर्नेछन् ।

पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्णका लागि हुने प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, कोरिया, जर्मनी, चीन, नेदरल्याण्ड, यूएई, अमेरिका, सिंगापुर, ईन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान, इरान, हङ्गेरी, स्लोभानिया, थाइल्याण्ड, सिङापुर र इजिप्टको प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा बिदेशी र स्वदेशी सहित १ सय जना भन्दा बढी खेलाडीको सहभागिता हुनेछ ।

टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुष तर्फ ५ र महिला तर्फ ३ खेलाडीहरुको समूह हुने छ । प्रतियोगितामा प्रत्येक समूह तथा ब्यक्तिले ६ चरणको प्रतिस्पर्धा गर्नुपर्ने छ । ६ चरणको अंकलाई जोडेर पहिलो, दोश्रो तथा तेश्रोको घोषणा गरिने छ । एक्युरेसीमा टार्गेट क्षेत्र ५ मिटरको रेडियसमा हुने छ भने यसको एक्युरेसी स्वचालित मापन यन्त्र २२ सेमीको हुनेछ ।

प्रतियोगिताकाे विजयी टिमले प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १५ सय, १२ सय र ७ सय युरो प्राप्त गर्ने छन् भने ब्यक्तिगत तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गर्ने छन् । प्रतियोगिताको कुल खर्च करिब १ करोड ७५ लाख रुपैयाँ हुनेछ ।

तपाईको प्रतिक्रिया