Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

पोखरा –  जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत आज (बुधबार) पनि दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा चितवन राइनोज र धनगढी ब्लुजबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो सवा १ बजेदेखि विराटनगर टाइटन्स र बुटबल ब्लास्टर्स आमने सामने हुनेछन् ।

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेतृत्व गरेको चितवनले प्रतियोगितामा अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन । उसले यसअघिका दुवै खेलमा पराजय ब्यहोरेको छ ।

उसले पोखरा र बुटवलसँग पराजय ब्यहोरेको थियो । प्रतियोगिताको प्लेअफमा स्थान बनाउन चितवनका लागि धनगढीबिरुद्धको खेल गर या मरको अवस्थामा छ । यद्यपी कप्तान पारस खड्काले बाँकी तीनै खेल जितेर प्लेअफमा स्थान बनाउने दृढता लिएका छन् ।

प्रतियोगितामा एक जित र एक हारको नतिजा निकालेको धनगढीका लागि पनि यो खेल उत्तिकै महत्वपूर्ण हुनेछ । दुई इंग्लिस खेलाडीहरु पिटर ट्रेगो र ड्यान लरेन्सको प्रेरणामा धनगढीले शानदार प्रदर्शन गरिरहेको छ ।

यता दोस्रो खेलमा बुटवलसँग प्रतिस्पर्धा गर्न लागेको विराटनगरका लागि भने यो खेल निक्कै महत्वपूर्ण छ । सामान्य जितले मात्रै पनि विराटनगरको प्लेअफ यात्रा सुरक्षित हुने छैन । किनभने उसले यसअघिका तीन खेलमा लगातार हार ब्यहोरेको छ । ६ टोली सहभागी प्रतियोगितामा विराटनगरको दुई लिग खेल मात्र बाँकी छ ।

तपाईको प्रतिक्रिया